Nepal Face
  • शनिबार, २२ कार्तिक २०८३
  • मोटरसाइकलले ठक्कर दिँदा गुल्मीमा एक विद्यार्थीको मृत्यु


    सोमबार, मंसिर ११ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । गुल्मीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक विद्यार्थीको मृत्यु भएको छ । रेसुङ्गा नगरपालिका–४ सेउवाका १९ वर्षीय विवेक झाँक्री मगरको ठक्करबाट मृत्यु भएको हाे ।

    सदरमुकाम तम्घासमा रहेको विद्यालयबाट घर जाने क्रममा रेसुङ्गा–४ अर्खलेमा लु ८७ प ९८१ नम्बरको मोटरसाइकललाई विपरीत दिशावाट सदरमुकाम तम्घास आउँदै गरेको लु १ ख ९४७५ नम्बरको बसले ठक्कर दिएको थियो । बसको ठक्करबाट गम्भीर घाइते भएका मगरको उपचारका क्रममा गुल्मी अस्पताल तम्घासमा ज्यान गएको प्रहरीले जनाएको छ ।

    तम्घासको महेन्द्र नमुना माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत मगर बिहानको पढाइ सकेर घर फर्कने क्रममा दुर्घटनामा परेका हुन् । दुर्घटनापछि ठक्कर दिने बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार