Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अप्ठेरो अवस्थामा छौं, प्रतिगमनकारीहरू इतिहासको चक्का पछाडि धकेल्न खोज्दैछन्: प्रचण्ड


    सोमबार, मंसिर ११ २०८०
    940
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जटिलताको बीचमा पनि सरकारले राम्रो काम गरेको दाबी गरेका छन् ।

    माओवादीले सुरू गरेको पार्टीको वेबसाइट उद्घाटन गर्दै उनले गठबन्धनदेखि प्रमुख प्रतिपक्ष दलसँग संवाद गरिराख्नुपर्ने अवस्था रहेको बताए ।

    उनले भने, ‘सरकारले जटिलताको बीचमा पनि, अप्ठेरो अवस्थामा पनि यो माओवादीको मात्रै सरकार होइन । गठबन्धनलाई पनि चित्त बुझाएर अघि बढ्नुपर्छ । फेरि राजनीतिक रुपमा जुन उतारचढाव हुन खोजेको छ, त्यसलाई मिलाउन पनि प्रतिपक्षसँग संवाद गरिराख्नुपर्ने अवस्था छ । त्यो सबै गर्दै पनि विकासलाई गति दिने कोसिस गरिरहेका छौं ।’

    देशलाई निरंकुशतातर्फ धकेल्न प्रतिगमनकारी शक्तिहरुले षड्यन्त्र गर्न खोजेको उनको भनाइ छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार