Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गौशालामा प्रदर्शनकारी र प्रहरीबीच तनाव, आचार्य श्रीनिवास पक्राउ


    सोमबार, मंसिर ११ २०८०
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा आज सोमबार गौशालामा भएको प्रदर्शनमा सामेल भएका विवादास्पद धर्मगुरु आचार्य श्रीनिवास पक्राउ परेका छन्। उक्त आन्दोलनमा आफ्ना समर्थकसहित गएर उनले उग्र अभिव्यक्ति दिएका छन् । गेरुवस्त्रमा त्रिसुलसहित आएर उग्र अभिव्यक्तिसँगै सडक अबरुद्ध पार्न खोजेपछि प्रहरीले लगत्तै उनलाई पक्राउ गरेको हो।

    त्यस्तै विभिन्न धार्मिक संगठनका व्यक्तिहरु समेतको उपस्थितिमा भएको उक्त आन्दोलनमा प्रदर्शनकारीले तोडफोड र ढुंगा समेत प्रहार गरेका छन्।

    यस्तै काठमाडौं प्रहरी प्रमुख एसएसपी भुपेन्द्र खत्रीका अनुसार, स्थितिलाई विग्रिन नदिन श्रीनिवासलाई पक्राउ गरिएको हो ।

    प्रसाईंले ७ मंसिरदेखि राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानको नाममा व्यवस्था विरोधी प्रदर्शन गरिरहेका छन् ।

    प्रसाईंले ७ मंसिरमा बल्खुमा शक्ति प्रदर्शन गरेका थिए । त्यसक्रममा उनले धार्मिक अतिवादी समूहहरुलाई समेत बोलाएका थिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार