Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कमलामाईलाई साक्षी राखेर रविले खाए कसम- मधेशलाई हृदयभित्र राखेर काम गर्छु


    सोमबार, मंसिर ११ २०८०
    730
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • जनकपुरधाम । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मधेशलाई हृदयभित्र राखेर काम गर्ने कसम खाएका छन् ।

    केहि दिनदेखि मधेशका जिल्लाहरूमा सक्रिय लामिछाने आज सोमबार बिहान कमला नदीमा लागेको कार्तिक पूर्णिमा मेलाको आरतीमा सहभागी भए ।

    आरतीपछि सम्बोधन गर्दै उनले पत्रकारिताबाट जति गरे त्यो पर्याप्त नभएपछि राजनीतिमा आएको बताए ।

    उनले भने, ‘राजनीतिमार्फत जति गर्न सक्छु, दिल खोलेर गर्छु । मन खोलेर गर्छु । मधेशलाई हृदयभित्र राखेर काम गर्नेछु । र, परिणाम देखाउनेछु ।’

    उनले बोलेको सबै कुरा गर्ने भन्दै कमलामाईको कसम समेत खाए ।

    उनले भने, ‘म कुनै अपेक्षा राखेर बोलेको छैन । मलाई थाहा छ कमलामाई साक्षी राखेर भनेको छु । आफूले बोलेको कुरा पुरा गर्नेछु । जति बोल्ने त्यति गर्ने र जति गर्ने त्यति बोल्ने स्वभावको मान्छे म हुँ ।’

     

     

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार