गुल्मी । सत्तारुढ नेपाली काँग्रेसका प्रभावशाली नेता डा चन्द्र भण्डारीले नेपालमा समय अनुसार काम गर्न नसकिएको बताएका छन् । तम्घासमा भएको नेपाली काँग्रेस गुल्मीको दोस्रो जिल्ला सम्मेलनको बन्द सत्र सम्बोधन गर्दै उहाँले यस्तो बताएका हुन् ।
नेता भण्डारीले हरेक नेतृत्वले देशको आवश्यकता के हो बुझ्न जरुरी रहेको बताए । देशमा रिफर्म, पफर्म र ट्रान्सफर्मको अत्यन्तै आवश्यक रहेको भन्दै वर्तमान हरेक नेतृत्व युवाहरूको भावना अनुसार चल्नुपर्ने उनले बताए ।
‘देशको अर्थतन्त्रमा निकै समस्या आएको छ । नेतृत्वकर्ताले देशको आवश्यकता बुझ्न सकिरहेका छैनन् ।’ उनले भने, ‘वर्तमान नेतृत्व आफन्तवादमा रमाएको छ । नेतृत्वलाई देशप्रति कुनै चिन्ता छैन ।’
बदलिएको समयमा सबै फरक ढङ्गबाट हिँड्नुपर्ने कुरा सबैले बुझ्न जरुरी रहेको बताए । प्रतिपक्षसँग नभएर युवासँग प्रतिस्पर्धा गर्नुपर्ने बेला आएको भन्दै उनले युवाहरूको भावनालाई सबैले बुझ्नुपर्ने बताए । समय अनुसार चल्न आवश्यक रहेको उनको भनाइ छ ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend