Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रसाईंको बन्दी प्रत्यक्षीकरणको रिट फिर्ता लिन सर्वोच्चमा निवेदन


    आइतबार, मंसिर १० २०८०
    810
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । चर्चित मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई बन्दी बनाइएको भन्दै दायर रिट फिर्ता लिन सर्वोच्च अदालतमा निवेदन परेको छ । प्रसाईंको हकमा रिट निवेदन दिएका वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले रिट फिर्ताका लागि निवेदन दिएका हुन् ।

    सर्वोच्चका सूचना अधिकारी गोविन्द घिमिरेकाअनुसार वरिष्ठ अधिवक्ता भण्डारीले प्रसाईं अहिले बाहिर कार्यक्रममा गइसकेको र घरमा धरपकड नभएको भन्दै रिटको औचित्य सकिएकाले फिर्ताका लागि निवेदन दिएका थिए । रिट फिर्ताका लागि निवेदन दिएको भएपनि सर्वोच्चका न्यायाधीश डा.कुमार चुडालको इजलासमा उक्त रिटमाथि सुनुवाइ भइसकेको छ ।

    सुनुवाइ सकिएको र औचित्य सकिएकाले रिट खारेज हुने र निवेदकले नै फिर्ताका लागि निवेदन दिएकाले माग बमोजिम हुने गरी उक्त रिटमा आदेश हुनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार