Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • चितवनमा दुई शवको पहिचान हुन सकेन


    आइतबार, मंसिर १० २०८०
    705
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • चितवन । भरतपुर महानगरपालिका–१२, मिलनचोकमा मृत फेला परेका दुई व्यक्तिका शवको अझै पहिचान हुन सकेको छैन । यही मंसिर ६ गते मध्याह्न करिब १२ बजे मिलनचोकस्थित पूर्व–पश्चिम लोकमार्ग सडकखण्डको कल्भटमुनि शंकास्पद रूपमा एक महिला र एक पुरुषको शव भेटिएको थियो ।

    जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार ७७ वटै जिल्लासहित सीमावर्ती भारतीय जिल्लामा हुलिया परिपत्र गर्दा समेत मृतकको सनाखत हुन नसकेको हो ।

    सनाखत हुन नसकेका शव कल्भटमुनि दुई बोरामा हातखुट्टा बाँधिएको अवस्थामा भेटिएको थियो ।

    उक्त शव पोस्टमार्टमका निम्ति भरतपुर अस्पतालमा राखिएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार