Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सरकारी छाप किर्ते गर्ने पाँच जना पक्राउ


    शनिबार, मंसिर ९ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । मोरङको रतुवामाइ नगरपालिकाबाट सरकारी छाप दस्तखत किर्ते गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई रतुवामाई नगरपालिका-३ का वडाध्यक्ष ५५ वर्षीय देविलाल ताजपुरियाको हस्ताक्षर र सरकारी छाप किर्ते गरेर सिफारिस लिएको आरोप छ ।

    पक्राउ पर्नेमा रतुवामाई ४ का ६५ वर्षीय चेतनलाल राजवंशी, सोही ठाउँका ६२ वर्षका झरिया देवि राजवंशी, ६३ वर्षका विष्णु राजवंशी, ६३ वर्षका पैखन लाल राजवंशी र ६४ वर्षका कन्हारु लाल केवरत छन् ।

    प्रहरीका अनुसार उनीहरुले कार्तिक २ गते जग्गा बिक्रीको लागि वडाबाट सिफारिस लिनको लागि किर्ते हस्ताक्षर र सरकारी छाप दुरुपयोग गरेर नक्कली कागज बनाएका थिए ।

    जाहेरी परेपछि कार्तिक १६ गते मोरङ जिल्ला अदालतबाट पक्राउ अनुमति लिई खोजतलास कार्य भई रहेकोमा मंगलबार ९ गते रतुवामाई नगरपालिका-४ झुर्कियाबाट पक्राउ गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार