Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मापसे गरेर प्रहरी कुट्ने कांग्रेस क्षेत्रीय सभापति पक्राउ


    शनिबार, मंसिर ९ २०८०
    915
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । मादक पदार्थ सेवन गरी प्रहरीलाई हातपात गर्ने नेपाली कांग्रेसका क्षेत्रीय सभापतिसहित दुई जना पक्राउ परेका छन् । बिहीबार राती बागलुङ जैमिनी नगरपालिका १ कुश्मिसेरा बजारमा मादक पदार्थ सेवन गरी ड्युटीमा खटिएका प्रहरी कर्मचारीलाई अभद्र व्यवहार (हातपात) गर्ने उनीहरूलाई प्रहरीले पक्राउ गरेकाे हाे ।

    पक्राउ पर्नेमा कांग्रेस बागलुङ क्षेत्र नम्बर १ (ख) का सभापति दल बहादुर श्रीष र निर्मल राना रहेका छन् ।

    मादक पदार्थ सेवन गरी होहल्ला गरिरहेको अवस्थामा ड्युटीमा खटिएको प्रहरी टोलीले सम्झाई बुझाई गर्दा डियुटीमा खटिएका प्रहरी अभद्र व्यवहार गरेकाले उनीहरुलाई पक्राउ गरिएको बताइएको छ ।

    उनीहरुलाई जिल्ला प्रशासन कार्यालय बागलुङबाट ४ दिनको म्याद थप गरी अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार