Nepal Face
  • शनिबार, २२ कार्तिक २०८३
  • झापामा पूर्वराजाले गरे पृथ्वीनारायण शाहको शालिक अनावरण


    शनिबार, मंसिर ९ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • विराटनगर । पूर्वराजा ज्ञानेन्द्र शाहले आज झापाको बिर्तामोडमा पृथ्वीनारायण शाहको शालिक अनावरण गरेका छन् । इकोम कलेज परिसरमा निर्माण भएको शालिक पूर्वराजा शाहले अनावरण गरेका हुन् ।

    मेचीनगर धुलाबारीस्थित निम्जा खोलाबाट शाहको स्वागतमा राप्रपा कार्यकर्ताले मोटरसाइकल र्याली निकालेर बिर्तामोडसम्म पुगेका थिए । कार्यक्रमको तयारीलगायत कार्यको लागि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन १० दिनदेखि झापामा थिए ।

    मेचीनगरबाट ठूलो संख्यामा मोटरसाइकल र्याली निकालिएको थियो । सहभागीले राजाको पक्षमा नाराबाजी गरेका थिए ।

    पूर्वराजा शाह शुक्रबार झापा पुगेका हुन् । कार्यक्रमलाई राप्रपाले शक्ति प्रदर्शनको रुपमा लिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार