Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • उदयपुरमा पिकनिक गएको स्कुल बस दुर्घटना हुँदा ३ जनाको मृत्यु


    शनिबार, मंसिर ९ २०८०
    795
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। उदयपुरमा पिकनिक गएको स्कुल बस आज दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। उक्त र्घटनामा १२ जना गम्भीर र २५ जना सामान्य घाइते रहेको प्रहरीले जानकारी दिएको छ।

    मृतक तीन जनाको सनाखत भएको र ज्यान गुमाउनेमा चालक बिखन चौधरी, सात वर्षीया सन्या चौधरी र छ वर्षीय विकास चौधरी रहेको प्रहरीले जानकारी दिएको छ।

    प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमका अनुसार मदन भण्डारी राजमार्गअन्तर्गत् उदयपुरगढी गाउँपालिका–७ अँधेरीमा बस दुर्घटना भएको हो।

    गम्भीर घाइते १२ जनालाई रिफर गरी विराटनगरतर्फ लगिएको र २५ जना घाइतेको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको छ।

    अन्नपूर्ण विद्यालयको बस त्यहीँका स्थानीयले पिकनिक प्रयोजनका लागि लगेको बुझिएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार