Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बझाङमा नियम विपरीत असईले पूर्व गाउँपालिका अध्यक्षलाई पेस्तोल पड्काउन दिए, निलम्बनमा परे


    शनिबार, मंसिर ९ २०८०
    890
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। बझाङको छबिसपाथिभेरा गाउँपालिका–३ पाटागाउँमा पूर्व गाउँपालिका अध्यक्षलाई नियम विपरीत पेस्तोल पड्काउन दिने एक प्रहरी निलम्बनमा परेका छन् । निलम्बनमा पर्नेमा प्रहरी सहायक निरीक्षक (असई)​ पुष्कल चन्द रहेका छन् ।

    चन्दलाई शुक्रबार पदबाट निलम्बन गरिएको हो । निलम्बित असई चन्दले गएको ६ कात्तिकमा छबिसपाथिभेराका गाउँपालिकाका पूर्वअध्यक्ष अक्कल धामीलाई आफ्नो पेस्तोल पड्काउन दिएका थिए । करिब १ महिनासम्म घटनाबारे प्रहरी नेतृत्व अनविज्ञ रहेको थियो ।

    प्रहरीले यस विषयमा जानकारी पाउनासाथ चन्दलाई निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

    पेस्तोल पड्काउने गाउँपालिकाका पूर्वअध्यक्ष धामीलाई पनि कारबाहीका लागि सिफारिस गरिएको बताइएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार