Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पोखरामा जुवा खालबाट १ लाख ५ हजारसहित आठ जना पक्राउ


    शनिबार, मंसिर ९ २०८०
    775
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • कास्की । पोखराबाट जुवातास खेलिरहेको अवस्थामा प्रहरीले आठ जनालाई नियन्त्रमा लिएको छ।

    पोखरा महानगरपालिका-१४ चाउथेस्थित प्रज्वल प्रतिक खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा ८ जना शुक्रबार राति पक्राउ गरेको हो।

    वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले जुवातास खेल्दै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो।

    पक्राउ पर्नेमा खाजा घरका सञ्चालक पर्वत कुश्मा नगरपालिका-१३ घर भएका ४५ वर्षीय प्रेम बहादुर कार्कीसहित आठ जना हुन्।

    उनीहरूको साथबाट प्रहरीले नगद १ लाख ५ हजार ५ सय ६० रूपैयाँ र १ बुक तास पनि बरामद गरेको छ।

    उक्त घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार