Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रहरी स्कर्टिङमा सिफल जाँदै दुर्गा प्रसाईँ


    शनिबार, मंसिर ९ २०८०
    795
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ सिफलमा हुने आन्दोलनमा सहभागी हुन निवासबाट निस्किएका छन् ।

    हिजो बिहानैदेखि नजरबन्द रहेका प्रसाईँ अहिले निवासबाट निस्केका हुन् । शुक्रवार तीनकुनेमा आन्दोलन गर्ने प्रसाईँ समूहको तयारी थियो । तर उनलाई घरमा नै नजरबन्द गरियो ।

    उनलाई नजरबन्दमा राखेपछि सरकारकाे चर्को आलोचना भएको थियो । स्थानीय प्रशासन, सुरक्षा निकाय र प्रसाईं समूहबीच हिजो साँझ शान्तिपूर्ण प्रदर्शन गर्ने, सरकारले अनुमति दिएको ठाउँमा मात्रै आन्दाेलन गर्ने सहमति भएको थियो । साे सहमतिपछि प्रसाईंलाई नजरबन्दबाट मुक्त गरिएको हाे ।

    उनले निवासबाट नै हिजो ‘घरमा दुई जना डीएसपी आएर तपाई घरबाट बाहिर निस्किन पाउनुहुन्न’ भनेकाले आफू ननिस्किएको बताएका थिए ।

    अहिले उनलाई नेपाल प्रहरीले स्कर्टिङ गरेर सिफलतर्फ लगिरहेको छ ।

     

     

     

     

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार