Nepal Face
  • आइतबार, १० साउन २०८३
  • श्रीमान् जीवित हुँदै एकल महिलाको भत्ता लिने २ जना विरुद्ध मुद्दा दायर


    शुक्रबार, मंसिर ८ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले श्रीमान् जीवितै हुँदा पनि निधन भएको भन्दै एकल महिलाको नाममा सामाजिक सुरक्षा भत्ता लिएको आरोपमा २ जनामाथि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    मुद्दा दायर हुनेमा रामेछापको मन्थली नगरपालिका वडा नं. ३ का तत्कालीन वडा सचिव शिवकुमार महत्तो र सोही वडाकी निर्मला खत्री छन् ।

    खत्रीका श्रीमान्लेनै आफू जिवितै हुँदै मृत्यू दर्ताको प्रमाणपत्र बनाएर श्रीमतीले एकल महिला भत्ता खाएको भन्ने उजुरी गरेपछि अख्तियारले छानबिन गरेको थियो ।

    छानबिनमा क्रममा महत्तो र खत्रीको मिलेमतोमा नक्कली मृत्यु दर्ता प्रमाण पत्र बनाएर निर्मला खत्रीको सामाजिक सुरक्षा भत्ता (एकल महिला) परिचय पत्र बनाएको र ४५ हजार २२० रुपैयाँ भत्ता लिएको देखिएकाले उनीहरुलाई त्यो रकम विगो मानी भ्रष्टाचारको मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार