Nepal Face
  • आइतबार, १० साउन २०८३
  • तीनकुनेमा प्रदर्शन गर्न आएका दुर्गा प्रसाईँका समर्थक पक्राउ


    शुक्रबार, मंसिर ८ २०८०
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँको नागरिक बचाऊ अभियानअन्तर्गत आन्दोलनका थप कार्यक्रमका लागि तीनकुनेमा भेला भएका समर्थकलाई प्रहरीले धरपकड गर्दै ७ जनालाई पक्राउ गरेको छ। उनीहरूलाई भ्यानमा हालेर प्रहरी चौकी लगिएको छ । पक्राउ परेकाहरूको नाम ठेगाना प्रहरीले खुलाएको छैन ।

    प्रसाईँले आजबाट तीनकुनेमा कार्यक्रम गर्ने घोषणा गरेका थिए । काठमाडौं जिल्ला प्रशासनले भने तीनकुनेमा कार्यक्रम गर्न अनुमति नदिएको भन्दै शान्ति सुरक्षामा गम्भीर असर पार्ने गरी गतिविधि गरेमा कारबाही गर्ने चेतावनी दिएको थियो ।

    अहिले तीनकुनेमा प्रहरी बाक्लोरूपमा परिचालन गरिएको छ । त्यहाँ हिँड्‍डुल गर्ने सर्वसाधारणलाई समेत प्रहरीले निगरानी बढाएको छ । शंकास्पद व्यक्तिमाथि प्रहरीले निगरानी खानतलासी गरिरहेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार