Nepal Face
  • शनिबार, २२ कार्तिक २०८३
  • ब्राउन सुगरसहित दुई जना पक्राउ


    शुक्रबार, मंसिर ८ २०८०
    820
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। प्रहरीले प्रतिबन्धित लागू औषध ब्राउन सुगरसहित सुनसरीको दुहबी नगरपालिका–५ बाट दुई जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरी टोलीले बीआर ३८ एइ नम्बरको भारतीय मोटरसाइकलमा गइरहेका दुई जनाबाट ब्राउन सुगर बरामद गरेको हो ।

    शंकास्पद अवस्थामा गइरहेको अवस्थामा जाँच गर्दा मोटरसाइकल चालक भारतको जोगबनीका २७ वर्षीय सोनुकुमार चौधरीले लगाएको हेलमेटभित्र लुकाएको अवस्थामा ७० ग्राम ५ मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ ।

    प्रहरीले चौधरी र मोटरसाइकलको पछाडि सवार भारतीय नागरिक बलबीर रामलाई पक्राउ गरेको हो ।

    उनीहरूका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार