Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मुस्ताङमा २ विदेशीसहित ४ पदयात्री सम्पर्कविहीन


    शुक्रबार, मंसिर ८ २०८०
    905
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । मुस्ताङमा २ जना विदेशी नागरिकसहित ४ जना पदयात्री सम्पर्कविहीन भएका छन् । डोल्पाबाट मुस्ताङ जिल्ला प्रवेश गरेको भन्ने सूचना प्राप्त भए पनि उक्त पदयात्रीहरु सम्पर्कमा आउन नसकेका जिल्ला प्रहरी कार्यालय मुस्ताङले जानकारी दिएको छ ।

    ईटालीयन नागरिक ४५ वर्षीया एरियाना रेजिस र स्वीजल्याण्डका नागरिक ५५ वर्षीय मार्को ग्याजोला सम्पर्कविहीन रहेका सूचना मुस्ताङ प्रहरीलाई बिहिबार साँझ ५ बजे प्राप्त भएको प्रहरी स्रोतले बतायो।

    स्रोतका अनुसार सम्पर्कविहीन २ जना विदेशी नागरिकसहित ४ जना पथप्रदर्शक छन्। जिल्ला प्रहरी कार्यालय मुस्ताङको समन्यवमा हाईअल्टिच्यूड हेली मार्फत बिहिबार साँझ खोज तलास गरे पनि उनीहरु रहेको स्थान पत्ता लाग्न नसकेको बताइएको छ।

    मुस्ताङका प्रहरी प्रमुख डिएसपी भोजराज पाण्डेको कमाण्डमा जिल्ला प्रहरी कार्यालयको टोलीले हेली मार्फत सर्च अप्रेशन गरेको तर सम्पर्कविहिन रहेका पर्यटकहरु रहेको स्थान पत्ता लाग्न नसकेको प्रहरी निरीक्षक विकको भनाइ छ।

    तर प्रहरीले अहिले पनि बेपत्ता विदेशीसहित गाईडहरुको खोजीकार्य जारी रहेको जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार