Nepal Face
  • आइतबार, १० साउन २०८३
  • हाम्रो संयमताले नै सिंगो समाज र राष्ट्रलाई कोरोना भाइरसबाट जोगाउन सकिन्छः राष्ट्रपति भण्डारी


    शुक्रबार, चैत्र २१ २०७६
    1.4K
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरसको महामारीको बेला सबैको संयमताले नै सिङ्गो समाज र राष्ट्रलाई कोरोना भाइरसबाट जोगाउन सकिने बताउनुभएको छ ।

    कोरोना भाइरसबाट उत्पन्न विश्वव्यापी महामारीकोे सन्दर्भमा देशबासीको नाममा शुक्रबार सन्देश जारी गर्नुहुँदै राष्ट्रपति भण्डारीले सो कुरा स्पष्ट पार्नुभएको हो । सरकारले लिएका नीति र चालेका कदमहरू प्रभावकारी भएकाले कोरोना भाइरस फैलन नसकेको उहाँको भनाइ छ ।

    नेपालमा आन्तरिक रुपमा संक्रमण नदेखिए पनि बाहिरबाट संक्रमित भएर आएकालाई पत्ता लगाएर उपचार गरिएको बताउनुहुँदै उहाँले सम्बोधनमा भन्नुभएको छ, ‘यदि सतर्कता अपनाइएन भने संक्रमण फैलन सक्ने भएकाले सबैले स्वास्थ्यमा आवश्यक ध्यान दिनुपर्दछ ।’

    कुनै भावनामा बगेर होइन बरु यस रोगको गम्भीरतालाई मनन गर्दै रोगको रोकथाम, नियन्त्रण र उपचारमा सबै नेपालीले नेपाल सरकारले चालेका कदममा साथ दिन उहाँले विशेष आह्वान गर्नुभएको छ ।

    लक डाउनले गर्दा दैनिक जीवनमा केही अप्ठ्याराहरू सिर्जना भए पनि आफ्नो परिवार, छरछिमेक र समग्र समुदायको स्वास्थ्य र अमूल्य जीवन जोगाउनसंयमित भएर घर बाहिर ननिस्कन पनि उहाँले सम्बोधनमा अपिल गनुभएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार