Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नगर क्षेत्रमा सहकारी संस्था दर्ता नगर्न निर्देशन


    बिहिबार, मंसिर ७ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले बचत तथा ऋणको मुख्य कारोबार गर्नेगरी सहकारी संस्था दर्ता नगर्न प्रदेश सरकार र स्थानीय तहलाई निर्देशन दिएको छ ।

    २३ कात्तिकमा बसेको मन्त्रिपरिषद् बैठकले महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकालाई कार्यक्षेत्र बनाइ बचत तथा ऋणको मुख्य कारोवार गर्ने गरी संघ, प्रदेश र स्थानीय तहबाट कुनै पनि प्रकृतिको सहकारी सस्थाको दर्ता, कार्यक्षेत्र विस्तार तथा सेवा केन्द्रको स्वीकृतिमा रोक लगाउने निर्णय भएकोले सोही अनुसार गर्न निर्देशन दिएको हो ।

    देशभर ठूलो संख्यामा रहेका बचत तथा ऋणको कारोवार गर्ने सहकारी संस्थाहरुबाट पछिल्लो समयमा ठूला ठूला बचत स्वीकार गर्ने र जोखिमयुक्त लगानी गर्ने प्रवृत्तिमा वृद्धि हुँदै गएको मन्त्रालयको सूचनामा उल्लेख छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार