काठमाडौं। कञ्चनपुरमा गत २० कात्तिकमा सामुदायिक वन क्षेत्रमा मृत अवस्थामा भेटिएकी वृद्धाको हत्या भएको छ ।
मृत भेटिएकी शुक्लाफाँटा नगरपालिका–७ शान्तिपुर बस्ने ६५ वर्षीया नारुदेवी जोशीको हत्या भएको खुलेको हो ।
जोशीको हत्यामा संलग्नसहित अन्य पाँच जना मतियारलाई प्रहरीले पक्राउ गरेको छ । वृद्धाको हत्या गरेर उनले कान र नाकमा लगाएका सुनका गरगहना चोरी गरेको आरोपमा सोही ठाउँ बस्ने महेश डगौरासहितका ६ जनालाई पक्राउ गरिएको प्रहरी जनाएको छ ।
पक्राउ पर्नेमा डगौरालाई लुटिएका गहना बिक्रि गर्न सहयोग गर्ने डगौराका साथी धनगढी उपमहानगरपालिका(१३ बस्ने लक्ष्मण चौधरी, निरज भट्ट तथा बिल नभएरसुन खरिद गर्ने दिया सुनचाँदी पसलका खगेन्द्र बहादुर सोव, बर्दादेवी ज्वैलर्सका ईन्द्र बराल सुनार र सुजल सुनचाँदी पसलका दिपेन्द्र सिजापती छन् ।
मृतक जोशी घर नजिकै रहेको जङ्गलमा घाँस काट्न गएकी थिइन् । कान र नाकका सुनका गहना लगाएकी वृद्धाको पछि लागेको डँगौराले घाँस काट्न सहयोग गर्ने भन्दै नजिक भएको पछि गहना मागेको र नदिएपछि घाटी थिचेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
जोशीको हत्या गरिसकेपछि मृतकको दुवै कानमा रहेका मुन्द्रा, नाकमा लगाएको फुलि निकालेर धनगढी गएका थिए । धनगढीमा बस्ने साथीहरुको सहयोगमा लुटपाट गरिएको सुन बिक्री गरेर नेपालगञ्ज, मुम्बई हुँदै बैंलोरसम्म गएर ३० कात्तिकमा फेरि धनगढी फर्किएका थिए ।
धनगढी फर्किएपछि साथी लक्ष्मण चौधरीसँग छाडेर गएको लुटेको बुलाकी बिक्री गरेपछि उनकै कोठामा बसेको बयान दिएका छन् । मृतकका छोरा मोहनराज जोशीले मुख्य अभियुक्त महेश डँगौरासहितका नाममा कर्तव्य ज्यान तथा लुटपाट शीर्षकमा जाहेरी दर्ता गरेपछि अदालतबाट म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सुनसरी। सुनसरीको इटहरीस्थित एक होटलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ। जुवाडेको साथबाट चार लाख ५६ हजार १८० रुपैयाँ नगद र...
मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट चादी वस्तु अन्दाजी १५ किलोसहित भारतीयहरुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेका छन् । विशेष सूचनाको आधारमा प्रहरी चौकी राटोमाटोबाट प्रहरी...
जनकपुरधाम । धनुषामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेपछि श्रीमानले आत्माहत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं डिएसपी ओम प्रकास खनालका अनुसार...
वीरगन्ज। वीरगन्जस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित क्यासिनोबाट प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डकस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित रोयल...
सुनसरी । सुनसरीमा प्रहरीले एम्बुलेन्समा लोड गरिएको अवस्थामा ५७४ किलो ८७० ग्राम गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार बिहान उज्यालो हुनुअघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend