Nepal Face
  • शनिबार, २२ कार्तिक २०८३
  • महेश बस्नेतको धम्की- हामी बल्खु जान नपरोस्


    बिहिबार, मंसिर ७ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा (एमाले)का नेता महेश बस्नेतले प्रहरीले आफ्ना कार्यकर्तालाई सुरक्षा दिन नसके आफै बल्खु जाने धम्की दिएका छन् ।

    बल्खुबाट आउँदै गरेका आफ्ना ५०० कार्यकर्ता र दुर्गा प्रसाईंका कार्यकर्ताबीच झडप भएपछि उक्त चेतावनी दिएका हुन् ।

    “हाम्रो लक्ष्य झडप गर्ने होइन । बल्खुमा ५०० युवा आउँदै गर्दा अवरोध भएको कुरा छ । प्रहरी प्रशासनलाई आग्रह गर्छु,” बस्नेतले भने, “अन्यथा, यहाँ भएका युवाहरू बल्खु जान नपरोस् ।”

    उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई निर्मलनिवास बस्न मन छ कि छैन ? छैन भने दुर्गा प्रसाईंको पछि लाग्न सुझाव दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार