Nepal Face
  • आइतबार, १० साउन २०८३
  • तीनकुने मैदानमा युवा संघको शक्ति प्रदर्शन तयारी


    बिहिबार, मंसिर ७ २०८०
    845
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको समूहले शक्ति प्रदर्शन गर्ने दिन आजै (मंसिर ७ गते) नेकपा एमाले निकट युवा संघको कार्यक्रमस्थल तीनकुनेमा पनि नेता कार्यकर्ताहरू जम्मा हुन थालेका छन् ।

    महेश बस्नेत लगायतका नेताहरू तीनकुने पुगिसकेका छन् । अहिले युवा संघका नेता कार्यकर्ताहरू पार्टीको झन्डासहित तीनकुनेको सडकमा छाएका छन् ।

    सहभागीहरुले सरकारविरुद्ध नारा लेखिएका प्लेकार्डहरु बोकेका छन् ।

    सडकमा सवारी निकै कम चलेका छन् ।

    प्रहरी र सशस्त्र प्रहरीले ठाउँ ठाउँमा चेकिङ भने कडा बनाएको छ । त्यस्तै यता, बल्खुमा दुर्गा प्रसाईँको कार्यक्रम पनि जारी रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार