Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भन्सारले नछाडेपछि रूपैडिया नाकामा रोकिए भारतबाट भित्रिएका मुर्रा राँगा


    बिहिबार, मंसिर ७ २०८०
    840
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। भारत सरकारबाट नेपाललाई वस्तुगत सहायतास्वरुप उच्च प्रजनन क्षमताका मुर्रा राँगा उपलब्ध गराउने सहमति भएअनुसार भारतबाट भित्रिएका १५ वटा मुर्रा राँगा नेपालगञ्जको रूपैडिया नाकामा रोकिएका छन् ।

    भारतले भन्सार छुट दिए पनि नेपाल सरकार भन्सार विभागले ८० हजार राजस्व मागेपछि मुर्रा राँगा रुपैडिया नाकामा रोकिएको कृषिमन्त्री डा. बेदुराम भुसालका स्वकीय सचिव सुशील भट्टराईले जानकारी दिए ।

    गत जेठमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा जाँदा भारत सरकारले नेपाललाई उन्नत जातका मुर्रा राँगा अनुदानमा दिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार