Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि नयाँ मतभार तोकियो


    बुधबार, मंसिर ६ २०८०
    665
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्यको रिक्त हुने पदका लागि हुँदै गरेको निर्वाचनमा नयाँ मतभार तोकेको छ ।

    राष्ट्रियसभाका एक तिहाइ सदस्यहरूको पदावधि आउँदो फागुन २० मा सकिँदैछ । पद रिक्त हुनुभन्दा ३५ दिन पहिले निर्वाचन गरिसक्नुपर्ने कानुनी व्यवस्था छ ।

    प्रदेशसभा सदस्यको मतभार ५३ र स्थानीय तहका जनप्रतिनिधिहरूको मतभार १९ कायम हुनेछ । यसअघि प्रदेशसभाको ४८ र स्थानीय तहका जनप्रतिनिधिको १८ रहेको आयोगले जनाएको छ ।

    २०७८ को जनगणनाको नतिजा सार्वजनिक भएसँगै आयोगले सोहीअनुसार मतभार कायम गरेको जनाएको छ ।

    अब हुने उक्त निर्वाचनमा नयाँ मतभार अनुसार मतगणना हुनेछ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार