Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कार्यक्रम बिथोल्न घुसपैठ भएको हुनसक्छ, अध्ययन गर्दैछौं: युवा संघ


    बुधबार, मंसिर ६ २०८०
    640
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय युवा संघले भोलि मंसिर ७ गते बिहीबार आयोजना गरिने युवा-विद्यार्थी विशेष कार्यकमलाई बिथोल्ने मनसायका साथ केही अराजक घुसपैठी भएको आशंका गरेको छ ।

    युवा संघको नाम लिएर व्यवसायी दुर्गा प्रसाईंको अभियानामा सहभागी हुन आएका महिलालाई राति सुतेकै ठाउँबाट लघारेको भिडिओ सार्वजनिक भएपछि संगठनले आफ्नो भनाइ सार्वजनिक गरेको हो ।

    अध्यक्ष क्षितिज थेबेले युवा संघलाई जोडेर सामाजिक सञ्जालमा भिडिओ तथा अडिओ सामग्री फैलाइएको भन्दै ध्यानाकर्षण भएको जनाएका छन् ।

    उक्त विज्ञप्तिमा भनिएको छ, ‘मंसिर ७ गते आयोजना गरिने युवा-विद्यार्थी विशेष कार्यकमलाई बिथोल्ने मनसायका साथ केही अराजक घुसपैठी समूहले हाम्रो संगठनको नाम बदनाम गराइरहेको आशंका हामीले गरेका छौँ, घुसपैठबारे हामीले आन्तरिकरूपमा छानबिन गरिरहेको व्यहोरा जानकारी गराउँदछौँ । यस्ता खालका कुनैपनि गतिविधि गर्ने योजना आयोजकको नरहेको र हाम्रा तर्फबाट यस्ता गतिविधि नगरिएको जानकारी गराइन्छ ।’

    राष्ट्रिय युवा संघ नेपाल संविधान र विधिको शासनलाई पूर्णतः स्वीकार गर्दै जनताको बहुदलीय जनवादको मार्गदर्शनमा लोकतान्त्रिक मूल्य, मान्यता र आचरणसहित आफ्ना गतिविधि सञ्चालन गरिरहेको उनले उल्लेख गरेका छन् ।

    ‘नेपाली जनताको लामो बलिदानी त्याग र संघर्षबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने तथा सुशासन, समृद्ध र समानताको पक्षका आवाजहरुलाई संगठनले बुलन्द गर्दै आएको छ । यही सन्दर्भमा संगठनलाई बदनाम गर्न संगठनको नाम जोडेर सामाजिक संजालमा भ्रामक र मिथ्या भिडियो फैलाइएको पाइयो’, विज्ञप्तिमा भनिएको छ ।

    उनले भोलि काठमाडौँको तिनकुनेमा हुने युवा-विद्यार्थी विशेष कार्यकममा सहभागी हुन आग्रह गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार