Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पोखराको होटेलमा महिला मृत फेला, पाँचजना पक्राउ


    बुधबार, मंसिर ६ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । पोखराको एक होटेलमा महिला मृत अवस्थामा फेला परेकी छन् । तनहुँकी सुकु विक गएराति होटेल युनिकमा मृत भेटिएकी हुन् ।

    सुकु पोखराको पृथ्वीचोकस्थित एक होटेलमा काम गर्दै आएकी थिइन् तर उनी काम गर्ने भन्दा फरक होटेलमा मृत भेटिएको प्रहरीले जनाएको छ ।

    मृत अवस्थामा सञ्चालकले फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) मोहनकुमार थापाले मृतकको शव हेर्दा शंकास्पद देखिएको बताए । उक्त होटेलमा महिला मृत भेटिएपछि प्रहरीले पाँचजनालाई पक्राउ गरेको छ ।

    एसपी थापाले होटेलमा सीसीटीभी नभएको र परिचयपत्र समेत नराखेको बताए । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार