काठमाडौँ। ललितपुर महानगरपालिकाले पाँच करोड ६५ लाखको लगानीमा अत्याधुनिक प्रविधिका दुई वटा दमकल भित्र्याएको छ।
आज एक कार्यक्रम गर्दै महानगरपालिकाले विपद् व्यवस्थापन न्यूनीकरण तथा व्यवस्थापनका लागि इसुजी कम्पनीका दुइटा अत्याधुनिक प्रविधिको दमकल किनेको जानकारी गराएको हो। महानगरले उक्त दमकल ५ पाँच करोड ६५ लाखमा किनेको जनाएको छ ।
महानगर प्रहरी प्रमुख सीताराम हाछेथुले अहिले महानगरपालिकामा भएकाभन्दा राम्रा र अत्याधुनिक प्रविधिका दमकल ल्याएको जानकारी दिए।
‘पहिले भएका दमकललाई सानो बाटोमा लैजान गाह्रो हुन्थ्यो, ती दमकल पानीले मात्र चल्थे,’ उनले भने, ‘पेट्रोल पम्पमा आगलागी भयो भने बाहिरबाट फोम भएको दमकल मगाउनुपर्ने अवस्था थियो।’
अहिले ल्याइएको दमकलमा २ हजार ५ सय लिटर पानी ट्यांकीको क्षमता रहेको छ भने तीन सय लिटर फोम ट्यांकी। यी दमकलले विपद् व्यवस्थापन न्यूनीकरण तथा व्यवस्थापनका लागि सहज हुने हाछेथुले बताए।
त्यस्तै, पेट्रोल पम्प, केमिकल कलकारखानामा आगलागी हुँला समेत यो दमकल प्रयोग गर्न सकिने छ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend