Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • प्रचण्ड-देउवा र ओलीबीच बालुवाटारमा भेटवार्ता


    मंगलबार, मंसिर ५ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आज साँझ उनीहरूबीच बालुवाटारमा भेटवार्ता भएको हो ।

    आज तत्कालीन सात राजनैतिक दल र नेकपा माओवादीले विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको दिन हो । २०६३ मंसिर ५ मा भएको हस्ताक्षरले देशमा जारी युद्धको अन्त्य गरेर देशलाई गणतन्त्रमा प्रवेश गराउने आधार तय गरेको थियो ।

    उक्त सम्झौतामा हस्ताक्षर गर्ने दलहरू मध्यका तीन जना शीर्ष नेताहरू बालुवाटारमा भेटवार्ता गरी शान्ति सम्झौताका बाँकी कामहरूलाई यथासक्य छिटो टुंगोमा पुर्याउने प्रतिबद्धता गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार