Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • अनलाइनमार्फत क्यासिनो खेलाएको आरोपमा ६ जना पक्राउ


    मंगलबार, मंसिर ५ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। अनलाइनमार्फत क्यासिनो खेलाएको आरोपमा ललितपुरबाट ६ जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

    पक्राउ पर्नेमा नख्खिपोट बस्ने धनकुटाका ३० वर्षीय अंकित श्रेष्ठ, कुसुन्ती बस्ने सोलुखुम्बुका आमोश राई, गोदावरी बस्ने उदयपुरका २० वर्षीया निका राई, भैँसेपाटी बस्ने सिन्धुपाल्चोकका २९ वर्षीय विजय थापा, खुमलटार बस्ने बाग्लुङका २७ वर्षीय पर्वत पुन र कुसुन्ती बस्ने सोलुखुम्बुका डेकर राई छन्।

    उनीहरुले अनलाइनमार्फत क्यासिनो खेलाएर बाजी राख्न लगाउने गरेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट ६ थान ल्यापटप, ३ थान कम्प्युटर, २ थान मनिटर, एउटा सीपीयू र १४ वटा मोबाइल बरामद गरेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार