Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सर्वोच्चको न्यायाधीशका लागि ६ जना सिफारिस


    मंगलबार, मंसिर ५ २०८०
    830
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । न्यायपरिषदले सर्वोच्च अदालतको न्यायाधीशमा ६ जना सिफारिस गरेको छ । आज (मंगलबार) बसेको परिषदको बैठकले ४ जना उच्च अदालतका न्यायाधीश र २ जना कानुन व्यवसायीलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको हो ।

    न्यायपरिषद स्रोतका अनुसार, कानून व्यवसायीबाट बालकृष्ण ढकाल र सुनिल पोखरेलको नाम सिफारिस भएको छ । उच्च अदालतका न्यायाधीशबाट सारंगा सुवेदी, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना र अब्दुल अजिद मुसलमान सिफारिस भएका छन् । रिक्त एक पदमा अझै सिफारिस भएको छैन ।

    प्रस्तावित नाम संसदीय सुनुवाइ विशेष समितिबाट अनुमोदन भएपछि मात्रै उनीहरुको नियुक्ति हुनेछ । सर्वोच्चमा कार्यरत न्यायाधीशहरु उमेरहदका कारण अवकाश भइरहने तर नयाँ सिफारिस हुन नसक्दा साढे दुई वर्षदेखि सर्वोच्च अदालतमा न्यायाधीशहरु रिक्त हुदै आएको थियो ।

    सर्वोच्च अदालतमा अहिले २१ मध्ये ७ जना न्यायाधीश छैनन् ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार