Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सडक पूर्वाधार निर्माण एवं लगानीबारे चेम्बर र चिनियाँ राजदूतबीच छलफल


    सोमबार, मंसिर ४ २०८०
    880
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले सीमामा सुविधा सम्पन्न सडक पूर्वाधार निर्माण गरेर ब्यापार सहजीकरणका लागि चिनियाँ राजदूत समक्ष आग्रह गरेको छ । मुख्य व्यापारिक साझेदार चीनसंगको सीमामा सुविधासम्पन्न सडक पूर्वाधार निर्माण गरेर व्यापार सहजीकरणका लागि चेम्बरले आग्रह गरेको हो ।

    काठमाडौंको जमलस्थित भवनमा चेम्बर अध्यक्ष राजेन्द्र मल्ल सहित पदाधिकारी र नेपालका लागि चिनियाँ राजदूत छन सोङ्गबीच दुई मुलुकको व्यापार, लगानी, एवं पर्यटन क्षेत्रमा सहकार्य गर्ने सम्वन्धमा छलफल भएको हो ।

    चीनसंग ब्यापार खाडल उच्च रहेको भन्दै अध्यक्ष मल्लले नेपाली बस्तुको निर्यात वृद्धिका लागि पहल गर्न समेत आग्रह गरे । नेपालले चीनबाट वार्षिक २ खर्व २२ अर्व रुपैयाँ बराबरको आयात गर्दा निर्यात भने१ अर्व ७६ करोड रुपैयाँ हाराहारीमा गर्दै आएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार