काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता डा. प्रकाश चन्द्र लोहोनीले मङ्सिर ७ गते बिहीबार झापाको बिर्तामोडस्थित बीएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रासाईको आव्हानमा हुन लागेको प्रदर्शनलाई राप्रपाले समर्थन गर्नुपर्ने बताएका छन् ।
नेता लोहोनीले आफ्नो धारणा सार्वजनिक गर्दै राप्रपाको राजनीतिक दस्ताबेजका मूल तत्व अनुसार मङ्सिर ७ को प्रदर्शनमा राप्रपाको नैतिक सहयोग र समर्थन हुनुपर्ने बताएका हुन् ।
दुर्गा प्रसाईले मङ्सिर ७ गते काठमाडौँको माइतीघरमा राजतन्त्रको समर्थनमा प्रदर्शनको आव्हान गरेका छन् । साथै मङ्सिर ७ गते नै नेकपा एमालेको युवा संघले पनि प्रदर्शन गर्ने बताएको छ ।
लोहोनीले राप्रपा एकता महाधिबेसनबाट पारित मार्ग निर्देसन र एजेन्डा अनुकुल अगाडी बढ्न कसैले पनि गर्ने जन अभियान/जन प्रदर्सन/ संघर्षमा राप्रपा का कार्यकर्ताहरुको सहानुभूति र समर्थन हुनु स्वबाभिक हुन आउने उल्लेख गर्दै मङ्सिर ७ मा हुने भनिएको जना प्रदर्शन र जन संघर्षमा राप्रपाको नैतिक सहयोग र समर्थन रहनुपर्छ र यसमा कुनै कमजोरी देखाउनु हुदैन भन्ने आफ्नो स्पस्ट धारणा रहेको टिप्पणी गरेका छन् ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend