Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रुकुम पश्चिममा जिप दुर्घटना, २२ जना घाइते, ५ जना सिकिस्त


    सोमबार, मंसिर ४ २०८०
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । रुकुम पश्चिममा आज बिहान जिप दुर्घटना हुँदा कम्तिमा २२ जना यात्रु घाइते भएका छन् । उक्त दुर्घटनामा ५ जना घाइतेको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ ।

    आज बिहान चौरजहारी नगरपालिकाको खोलागाउँदेखि सदरमुकाम मुसिकोट खलंगातर्फ जाँदै गरेको लु१ज २२९७ नम्बरको जिप मध्यपहाडी लोकमार्ग अन्तर्गत चौरजहारी नगरपालिका-८ गैरीजिउला भन्ने स्थानमा दुर्घटना भएको हो । जिप सडकबाट करिब २५० मिटर तल भेरी नदी किनारमा खसेको छ ।

    घाइतेहरुलाई उद्धार गरी चौरजहारीको मिसन अस्पतालमा लगिएको छ । ‘२२ जना घाइतेलाई अस्पताल पुर्याइसकिएको छ, उद्धार कार्य अहिले पनि जारी छ,’ प्रहरीले भनेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार