Nepal Face
  • आइतबार, १० साउन २०८३
  • झापामा मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु


    आइतबार, मंसिर ३ २०८०
    885
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • दमक। झापाको कमल गाउँपालिका –३ स्थित कमल खोलाको पुलमा मोटरसाइकलको ठक्करबाट एक वृद्धको ज्यान गएको छ । ६५ बर्षीय वृद्धको मोटरसाइकलको ठक्करले मृत्यु भएको हो ।

    शनिवार राति ८ बजे पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ आइरहेको प्र १–०१–०१४ प ९६७७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँका ६५ बर्षीय कृष्णबहादुर गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    उक्त दुर्घटनामा गम्भीर घाइते गिरीको उपचारका लागि विएण्डसी अस्पताल विर्तामोड पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ ।

    ठक्कर दिने सवारीसहित चालकलाई इलाका प्रहरी कार्यालय दमकमा राखेर आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार