काठमाडौँ । परराष्ट्रमन्त्री नारायण प्रकाश साउद (एनपी)ले कञ्चनपुरको दोधारा चाँदनी नाका सुदूरपश्चिमको मात्र नभई मुलुकको आर्थिक नाकाका रुपमा विकास हुने गरी काम अघि बढेको दाबी गरेका छन् ।
कञ्चनपुर उद्योग वाणिज्य सङ्घद्वारा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले दोधारा चाँदनी सुख्खा बन्दरगाह प्रक्रिया अघि बढ्नुका साथै महाकाली नदीमा चार लेनको पक्की पुल निर्माण भइसकेको उल्लेख गरे । ‘भारतीय पक्षले पनि सोही अनुसार भारततर्फ पनि काम अघि बढाएको छ ।’ मन्त्री साउदले भने, ‘कञ्चनपुर आर्थिक, पर्यटकीयलगायत धेरै ज्यादा सम्भावना बोकेको क्षेत्र हो ।’
दोधारा चाँदनी नाका तीव्र गतिमा खुल्ने सन्दर्भमा अघि बढेको जनाउँदै उनले बनबासा पुलमा आवागमन सहज बनाउनेदेखि विदेशी पर्यटकलाई नाकामा आउन जान सहज गर्ने विषयमा पहल गर्ने बताए ।
‘यो मानशखण्ड क्षेत्रको विकासमा योजना बनाएर नेपाल–भारत पर्यटकीय संयन्त्रको विकास गर्ने गरी काम अघि बढेको छ ।’ उनले भने, ‘भारतको पूर्णागिरी र डडेल्धुराको परशुरामधाम क्षेत्र जोड्न महाकाली नदीमा पुल बनाउने विषयमा पनि भारतीय पक्षसित निरन्तर समन्वय भइरहेको छ ।’
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको उद्घाटन प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज...
झापा । चाडपर्वका बेला जङ्गली हात्तीबाट हुनसक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण झापाले हात्ती प्रभावित क्षेत्रमा...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend