काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले नेपाली समाजमा हरेक घरमा एकजना मधुमेहका बिरामी रहेको भन्दै बेलैमा स्वास्थ्य परीक्षण गर्नुपर्ने बताएकी छन् । शनिबार काठमाडौँ महानगपालिका र नेपाल मधुमेही समाजको संयुक्त आयोजनामा भएको एकदिने निःशुल्क स्वास्थ्य शिविर कार्यक्रमपछि बोल्दै उनले सो कुरा बताएकी हुन् ।
शिविरको अवलोकनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपप्रमुख डंगोलले मधुमेह लगायतका रोग जीवनशैलीसँग जोडिने रोग भएकाले सबै सचेत हुनुपर्ने बताइन् । ‘नेपाल मधुमेही समाजको विशेष कार्यक्रमअन्तर्गत आज हामी संस्थामा नै भिजिट गर्न आएका छौँ । काठमाडौं महानगरपालिकाले पनि नेपाल मधुमेह समाजसँग सहकार्य गरी थुप्रै कार्यक्रम गरिरहेका छौँ’ उनले भनिन्– ‘अहिले नेपाली समाजमा हरेक घरमा एकजना मधुमेहका बिरामी देख्न सक्छौँ । यस्ता रोग जीवनशैलीसँग जोडिएको रोग हो । यस्तोमा मान्छेलाई सचेत गराउनुपर्छ ।’
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend