Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मन्त्री शर्मा भन्छिन्- मानव सेवा नै सबैभन्दा ठूलो सेवा हो


    शुक्रबार, मंसिर १ २०८०
    770
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • देउखुरी। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मानव सेवा नै सबैभन्दा ठूलो सेवा भएको उल्लेख गरेकी छन् । दाङको नारायणपुरस्थित मानव कल्याण (सेवा घर) को आज निरीक्षण गर्दै उनले ‘खोसेर खाए पेट भरिन्न, बाडेर खाए भोकै भइन्न’ भन्ने कुरालाई आत्मसात् गरेर आश्रमको व्यवस्थापन गरिएको बताइन्।

    सडकमा रहेका मानसिकरूपमा विक्षिप्त मानिसलाई स्याहार गरेर परिवारसँग पुनर्मिलन गराउने कार्य सबैभन्दा ठूलो धर्म भएको मन्त्री शर्माले जनाइन् । बेवारिस मानवलाई संरक्षण गरेकामा संस्थालाई धन्यवाद दिँदै उनले सङ्घ, प्रदेश र स्थानीय तहसँग सहकार्य गरेर काम गर्न र सहयोगको लागि थप योजना तयार गर्न संस्थाका पदाधिकारीलाई आग्रह गरिन् ।

    सेवा घरमा आश्रय लिइरहेकाका लागि भौतिक पूर्वाधार, स्वास्थ्य, खाना र लगाउने कपडाको आवश्यकता पर्ने जनाउँदै मन्त्री शर्माले सरकारको तर्फबाट सक्दो सहयोग गर्न तयार रहेको बताइन् । ‘अन्य स्थानमा रहेका सेवा घरले कसरी काम गरेका छन्, त्यसबारे अध्ययन-अवलोकन गरी सेवा घरलाई थप व्यवस्थित बनाउन आवश्यक खाका तयार गर्नुहोस्’, उनले भनिन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार