Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • उपसभामुख रानाको गुनासो- म मेयर भए महल बनाउने नक्सा पास रोक्थें 


    शुक्रबार, मंसिर १ २०८०
    940
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । उपसभामुख इन्दिरा रानाले नेपालमा ठूला महल बनाउन दिन नहुने गुनासो गरेकी छन् । हरेक व्यक्तिले घर बनाउँदै जाँदा खेतीका लागि जग्गा बाँकी नरहने भन्दै उनले आफू मेयर भएको भए महल बनाउने नक्सा पास रोकिदिने दाबी गरेकी छन् ।

    विश्व शौचालय दिवसको अवसरमा शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रममा उपसभामुख रानाले भनिन्, ‘महल बनाउनका लागि जो नक्सा पास गर्न आउँछन् नि त्यो म मेयर भए रोकिदिन्थें । सबैले घर बनाउँदै जाने दुई÷तीन जनाका लागि भने कहाँ बच्छ ? सबै जंगल फाँड्छन् । खानलाई पनि पुग्दैन जस्तो लाग्छ, विश्वको अवस्था हेर्ने हो भने ।’

    उनले नेपालमा राम्रो काम गर्दा असहयोग गर्ने परिपाटी रहेको गुनासोसमेत गरिन् । आफूले कोरोनाको बेलामा समस्यामा परेकाहरुलाई खाना खुवाउँदा विरोध सहनु परेको भन्दै उनले भनिन्, ‘कोरोनाको बेलामा मैले खाना खुवाउँदा दरबारमार्गमा फोहोर भयो भनेर बिरोध गरे । मैले खाना खानेहरुलाई पनि बोलाएर त्यहीँ बेस्करी सफा गरेको छु । दरबार स्क्वाएरमा । पानीका कारण मोटरबाइक आउनलाई गाह्रो भयो भनेर मलाई गाली ग¥यो । केही गर्दा नहुने के यो देश, केही गर्दा नहुने ।’

    काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पनि विदेशी फूललाई प्रतिबन्ध लगाएको र निःशुल्क शौचालयको थप व्यवस्था गर्न खोज्दा होटल व्यवसायीहरुले नमानेको आरोप पनि उनले लगाइन् ।

     

     

     

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार