Nepal Face
  • मंगलबार, ११ कार्तिक २०८३
  • कैलालीमा क्लिनिक सञ्चालकका भाइले सुई लगाएका बालकको मृत्यु, २ जना पक्राउ


    बुधबार, कार्तिक २९ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । कैलालीमा क्लिनिक सञ्चालकका भाइले सुई लगाएका एक बालकको मृत्यु भएको छ । जिल्लाको गोदावरी नगरपालिका–५ गेटास्थित डिलासैनी क्लिनिकमा उपचारका लागि लगिएका गोदावरी नगरपालिका–५ गेटाका भरत ऐरका चार वर्षीय छोरा सम्राट ऐरको मृत्यु भएको हो ।

    बालकको मृत्युपछि प्रहरीले उपचारमा संलग्न व्यक्तिसंगै क्लिनिक सञ्चालकलाई पक्राउ गरेको जनाएको छ । बालकलाई सुई लगाउने धनगढी उपमहानगरपालिका १३ श्रीलंकाका नविन धामी र क्लिनिक सञ्चालक दिनेश धामीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

    दिनेशले आफ्नो अनुपस्थितिमा भाई नविनलाई सुई लगाउन अह्राएको प्रहरीले बताएको छ ।

    अहिले धामी दाजु भाइविरुद्ध इलाज सम्बन्धी कसूरअन्तर्गत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार