Nepal Face
  • आइतबार, १० साउन २०८३
  • महोत्तरीमा प्रहरीले किन गोली चलायो ?


    बुधबार, कार्तिक २९ २०८०
    870
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । महोत्तरीमा प्रहरीले भाग्न खोज्ने दुई जना डाँका आरोपीलाई गोली चलाएर पक्राउ गरेको छ । पक्राउ परेपछि भाग्न खोज्ने उनीहरूलाई गोली चलाएर नियन्त्रणमा लिइएको डीएसपी दिलीप गिरीले जानकारी दिए ।

    “डाका मुद्दामा फरार रहेका सर्लाहीको लालबन्दी नगरपालिका २ पुनरबास बस्ने ३३ वर्षीय शक्तिकुमार पासवान र सोही ठाउँ बस्ने ३५ वर्षका अजय पासवानको खोजी जारी थियो । रौतहटको गरुडा नगरपालिका ४ मा लुकेर बसेको थाहा भएपछि महोत्तरीबाट मेरो नेतृत्वमा विशेष टोली खटियो,” डीएसपी दिलीपले भने, “उनीहरूलाई हामीले दिउँसो ३ बजे नियन्त्रणमा लियौँ । सर्लाहीको संग्रामपुरमा आएपछि हाम्रो गाडी बिग्रियो । सर्लाही प्रहरीको गाडी बोलाएर त्यसमा सार्ने क्रममा उनीहरू भागेपछि हामीले नियन्त्रणमा लिन गोली चलाउनु परेको थियो ।”

    शक्तिलाई दुईवटा र अजयलाई एउटा गोली लागेको छ । डीएसपी दिलीपका अनुसार उनीहरूलाई गोली थाई, पिडुँला र घुँडामा गाली लागेको छ । उनीहरू दुवैको उपचार जलेश्वर प्रादेशिक अस्पतालमा भइरहेको छ । दुवैको अवस्था खतरामुक्त छ ।

    “उनीहरूले महोत्तरीको डाँगी र जलेश्वर, धनुषाको महेन्द्रनगर, रौतहटको चन्द्रनिगाहपुर र इन्डियामा पनि डाँका गरेका थिए,” उनले भने, “त्यसअघि ११ डाँका मुद्दामा संलग्न भएको पाइएको छ ।”

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार