Nepal Face
  • आइतबार, १० साउन २०८३
  • धनुषामा रेलले किचेर एक पुरुषको मृत्यु


    मंगलबार, कार्तिक २८ २०८०
    865
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • जनकपुरधाम । जनकपुर-जयनगर रेलमार्गमा किचिएर एक ५० वर्षीय पुरुषको मृत्यु भएको छ ।

    धनुषाको विदेहनगरपालिकास्थित बैदेही स्टेसन नजिक अन्दाजी ५० वर्षीय पुरुषको लिकमै किचिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता रञ्जन अवाले जानकारी दिए ।

    रेल आज बिहान जनकपुरबाट जयनगरतर्फ जाँदै गरेको बेला दुर्घटना भएको हो । मृतकको समाचार तयार पार्दासम्म सनाखत भएको छैन ।

    प्रहरी घटनास्थल पुगेर मुचुल्का गरिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार