Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गगन थापा भन्छन्- टिकटक बन्द गर्ने निर्णय गरेर सरकार उल्टो बाटो हिँड्यो 


    सोमबार, कार्तिक २७ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री एवम प्रतिनिधि सभा सदस्य गगन थापाले सामाजिक सञ्जाल टिकट बन्द गर्ने निर्णय गरेर सरकार उल्टो बाटो हिँडेको टिप्पणी गरेका छन् ।

    सरकारले टिकटक बन्द गर्ने निर्णय गर्ने वित्तिकै उनले सामाजिक सञ्जाल फेसबुकमा टिप्पणी गर्दै सामाजिक सञ्जाललाई नियमन गर्ने नाममा बन्द गरिनु गलत भएको भन्दै सरकारलाई यो निर्णय सच्याउनुपर्ने बताए ।

    उनले लेखेका छन्, ‘सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई निरुत्साहित गर्न नियमन आवश्यक छ तर सामाजिक सञ्जाललाई नियमन गर्ने नाममा बन्द गरिनु सरासर गलत हो । यो एउटा सामाजिक सञ्जाल बन्द गर्ने नगर्ने भन्दा पनि यो सरकारको नियतको विषय हो ।

     

     

     

     

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार