Nepal Face
  • आइतबार, १० साउन २०८३
  • खेलकुद परिषदको चासो: खेलाडी र परिवारमा


    शुक्रबार, चैत्र २१ २०७६
    620
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं ।   राष्ट्रिय खेलकुद परिषद (राखेप)ले खेल र खेलाडीबारे जानकारी गराउन आग्रह गरेको छ । विज्ञप्ति जारी गर्दै राखेपले  खेलाडी तथा तिनका परिवारबारे जानकारी दिन आग्रह गरेको हो ।

    राखेप प्रशासन विभाग प्रमुख कुलबहादुर थापाले राखेपअन्तर्गतका सम्पूर्ण विभागका विभागीय प्रमुखहरू, निर्देशक तथा उप –निर्देशकहरू, प्रशिक्षकहरू, शाखा प्रमुखहरु, सम्पुर्ण प्रदेश तथा क्षेत्रीय खेलकुद विकास समितिका प्रमुखहरु तथा सम्पूर्ण जिल्ला खेलकुद विकास समितिका प्रमुखहरु एवं सम्पूर्ण कर्मचारीहरु र खेलाडीहरुलाई सम्बोधन गर्दै  जानकारी मागेका छन् ।

    ‘आ–आफ्ना मातहतमा रहेका अफिसहरु, कर्मचारीहरु, खेलाडीहरु, तथा पदाधकारीहरु र निजका परिवारको हालको अवस्था के कस्तो छ रु बुझी विवरण पेश गर्नुहुन तथा कुनै कठिनाइ परेको खण्डमा सहयोग गर्नु, केन्द्रबाट केही गर्नुपरेमा त्यसको जानकारी गराउनुहुन निर्देशन गरिन्छ,’ विज्ञप्तिमा उल्लेख छ ।

    यस्तै, विभिन्न संघका पदाधिकारीहरूलाई आफ्नो खेलाडीहरूको बारेमा जानकारी लिन अनुरोध गरिएको छ ।

    लकडाउनको समयले गर्दा साह्रै दिक्क लाग्ने अवस्था आइसकेको भन्दै यस्तो बेला अत्यन्तै धैर्य, संयमित भई सम्भव भएसम्मका कार्यहरु गर्न र परिषदअन्तर्गत बन्ने आइसोलेसन कक्षहरुमा पूर्ण रूपले सहयोग गर्न समेत थापाले आग्रह गरेका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार