Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अर्घाखाँचीमा ४ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने युवक पक्राउ


    शनिबार, कार्तिक २५ २०८०
    930
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • अर्घाखाँची । ४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको रेसुङ्गा नगरपालिका १० सिखेधारा बस्ने २५ वर्षीय रामबहादुर घर्ती थापा रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ ।

    छत्रदेव गाउँपालिका वडा नम्बर ७ डाँडाखर्कस्थित खर्यानबारीमा लगी ललाई फकाई गरी करणी गरेको पीडित परिवार श्रोतको भनाइ छ ।

    जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट खटिएको प्रहरीले अर्घाखाँची र गुल्मीको सिमाना छत्रदेव गाउँपालिकाको डाँडाखर्कबाट जबरजस्ती करणी गर्ने थापालाई पक्राउ गरेको प्रहरीले जानकारी दियो । यस्तै हिजो शुक्रबार जिल्ला अदालत अर्घाखाँचीमा मुद्दा दर्ता भएकोमा ९ दिनको म्याद थप गरी अनुसन्धान बढाइएको प्रहरीले जनाएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार