Nepal Face
  • आइतबार, १० साउन २०८३
  • झोलुङ्गे पुललाई पर्यटनसँग जोड्नु आवश्यक छ : मन्त्री गुरुङ


    शुक्रबार, कार्तिक २४ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सहरी विकासमन्त्री सीता गुरुङले झोलुङ्गे पुललाई पर्यटनसँग जोड्नुपर्ने बताएकी छन् ।

    आज नेपालमा १० हजारभन्दा बढी झोलुङ्गे पुलहरु निर्माण सम्पन्न भएको उपलक्ष्यमा गरिएको तस्बिर प्रदर्शनी कार्यक्रममा बोल्दै मन्त्री गुरुङले झोलुङ्गे पुलहरुलाई पर्यटनसँग जोड्नुपर्ने बताएकी हुन् ।

    उनले विगतमा झोलुङ्गे पुलहरु केवल एक गाउँबाट अर्को गाउँ जानको निम्ति र खोला वारपार गर्ने प्रयोजनको निम्ति बनाइने गरेको उल्लेख गर्दै अब शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार क्षेत्रको विकाससँग जोड्नुपर्ने बताइन् ।

    मन्त्री गुरुङले झोलुङ्गे पुललाई खोलानालामा मात्रै केन्द्रित नगरी पर्यटनको सम्भावना भएका ठाउँहरुमा पनि निर्माण गर्नुपर्ने बताइन् । एक पहाडबाट अर्को पहाड जोड्ने झोलुङ्गे पुल निर्माण गरी पर्यटन प्रवर्द्धन गर्नुपर्नेमा उनले जोड दिइन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार