Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जाजरकोट भूकम्प: हालसम्म ६२ हजार ६२ घरमा क्षति, साढे २६ हजार घर पूर्ण ध्वस्त


    शुक्रबार, कार्तिक २४ २०८०
    1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । कात्तिक १७ गते शुक्रबार जाजरकोट केन्द्रविन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पले हालसम्म १३ जिल्लाका ६२ हजार ६२ घरमा क्षति गरेको छ ।

    गृह मन्त्रालयको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाले जारी गरेको पछिल्लो सूचनाअनुसार भूकम्पका कारण २६ हजार ५५७ घर पूर्ण रूपमा ध्वस्त भएका छन् ।

    उक्त भूकम्पले ३५ हजार ४५५ घरमा आंशिक क्षति गरेको शाखाले जनाएको छ । भूकम्पका कारण १६ वटा सरकारी भवन पूर्ण ध्वस्त भएका छन् । ३४ वटा सरकारी भवनमा आंशिक क्षति पुगेको छ ।

    भूकम्पले सबैभन्दा ठूलो भौतिक क्षति जाजरकोट र रुकुम पश्चिममा गरेको छ । शाखाबाट प्राप्त विवरणअनुसार भूकम्पबाट जाजरकोटमा २४ हजार ७०७ घरमा आंशिक क्षति पुगेको छ । ९ हजार ७९७ घरमा पूर्ण क्षति गरेको छ ।

    रुकुम पश्चिममा भूकम्पले ९ हजार ९६१ घरमा आंशिक क्षति र १६ हजार ५७० घरमा पूर्ण क्षति गरेको छ ।

    यस्तै रुकुम पूर्वका १४८, सल्यानका ५१२, रोप्पाका ८७, नवलपरासी पूर्वका १, दैलेखका १, दाङका ७ र प्युठानका ३१ घरमा भूकम्पले आंशिक क्षति गरेको छ ।

    भूकम्पले रुकुम पूर्वका ९, सल्यानका १५१, रोल्पाका २५, दैलेखका १, बैतडीको १, जुम्लाका ५ र कालिकोटको १ घरमा पूर्ण क्षति गरेको छ ।

    शक्तिशाली भूकम्पका कारण संरचना भत्किँदा मृत्यु हुनेको संख्या १५४ पुगेको छ । त्यस्तै आज शुक्रबार बिहान घाइते एकजनाको मृत्यु भएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार