काठमाडौं । भारतीय नागरिक अनुप मेहराबिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा ५ करोड ५ लाख ४२ हजार बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ ।
विशेष अदालत, काठमाडौंमा विचाराधीन रहेको वादी नेपाल सरकार र प्रतिवादी टीकाराम ज्ञवालीसमेत भएको गैरनेपाली नागरिकलाई नक्कली जग्गाधनी खडा गरी जग्गा बिक्री वितरण गरी भ्रष्टाचार गरेको मुद्दामा जग्गा बिक्रीकर्ता अनुप मेहराबिरुद्ध अख्तियारले बिहीबार म्ुद्दा दर्ता गरेको आयोगले जनाएको छ ।
मेहरा भारतीय नागरिक भएको देखिन आएकाले उनलाई नेपाल सरहदभित्र फेलापरेका बखत कानून बमोजिम हुने भन्ने उल्लेख भएको र फरार भएका मेहरालाई पक्राउ गरी अनुसन्धान गर्दा गैरनेपाली नागरिक उनले हदबन्दीबाट नेपाल सरकारको नाममा आउनुपर्ने जग्गाहरु भूमिसुधार कार्यालय नवलपरासीका तत्कालीन भूमिसुधार अधिकारीलाई प्रलोभनमा पारी मिलेमतो गरी गलत कागजातका आधारमा कानून विपरीत तीन परिवार संख्या कायम गरी गैरकानूनी निर्णय गर्न लगाएका थिए ।
सोही निर्णयलाई कार्यान्वयन गराउन मालपोत कार्यालयका तत्कालीन कार्यरत प्रमुख मालपोत अधिकृतसमेतलाई अनुचित प्रभावमा पारी मिलेमतो गरेको, लामो समयदेखि हदबन्दी रोक्का रहेको जग्गा भूमिसुधार कार्यालयले हदबन्दी रोक्का फुकुवा गर्ने निर्णय गरेकोमा उक्त जग्गाहरुमध्ये २०५८ सालमा संशोधन भएको जग्गाको हदबन्दी अनुसार नेपाल सरकारको नाममा छाड्नुपर्ने र व्यक्तिले आफूले रोज्न पाउने जग्गा मात्र बेचबिखन गर्न पाउने ब्यवस्था थियो ।
कानुनमा यस्तो ब्यवस्था हुँदाहुँदै अनुपकुमार खत्रीको नामबाट नाताप्रमाणित, मृत्युदर्ता प्रमाणपत्र लगायतका कागजातहरु स्थानीय निकायका पदाधिकारीहरूलाई प्रलोभनमा पारी भारतमा बसोवास गर्ने व्यक्तिलाई नेपालमै बसोवास गर्ने प्रेमशरण खत्री, कमला खत्री लगायका व्यक्तिहरु नेपालको गेरमी गाविसमै मृत्यु भएको भनी गलत कागजातहरु बनाइयो । अनुपकुमार खत्रीको हक हुन जाने जग्गाहरु भारतीय नागरिक पि.एस. मेहराको छोरा भनी अनुप मेहराको नामवाट बिक्री बितरण गराएको थियो ।
यसरी सम्बन्धित हकवाला व्यक्ति नै फरक पारी नेपाल सरकारको नाममा आउनुपर्ने जग्गाहरु सरकारी कर्मचारीहरूको मिलेमतो र संलग्नतामा हकवालाभन्दा फरक व्यक्तिवाट बिक्री बितरण गराउँदा विक्री गरिएका सम्पूर्ण जग्गाहरु लिखत मूल्य अनुसारको रकम रु. ५ करोड ५ लाख ४२ हजार हानी नोक्सानी गरेको पुष्टि हुन आएको हुँदा उल्लिखित जग्गा बिक्री गर्ने कसुरमा संलग्न भारतीय नागरिक अनुप मेहराका बिरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता भोला दाहालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
भारतीय नागरिकको नाममा जग्गा दर्ता
नक्कली व्यक्ति खडा गरी सरकारका नाममा आउनुपर्ने ३२ रोपनी जग्गा बेचबिखनमा संलग्न सहसचिवसहित १३ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
भारतीय नागरिक मेहरासँग मिलेर स्थानीय निकायका कर्मचारीदेखि भूमिसुधार कार्यालय, मालपोत कार्यालयका कर्मचारीहरुले नवलपरासी जिल्लाको साबिक सनई गाविसमा पर्ने हदबन्दी रोक्का रहेको ३२ रोपनी जग्गा नक्कली व्यक्ति खडा गरी बेचबिखन गरेका थिए ।
नक्कली व्यक्ति प्रेमशरण खत्रीका नाममा कायम रहेका जग्गाहरू मिलेमतोमा अनुप मेहरा भन्ने भारतीय नागरिकलाई अनुपकुमार खत्री बनाई उनको नामबाट विभिन्न व्यक्तिहरूलाई बिक्री–वितरण गरिएको थियो । भारतमा बसोबास गर्ने र भारतमै मृत्यु भएका पिएस मेहराका छोरा अनुप मेहरालाई अनुपकुमार खत्री बनाई जग्गा बिक्री गरिएको थियो । अनुपलाई नेपालमै बसोवास गर्ने र नेपालमै मृत्यु भएको भनी गलत नाता प्रमाणित, मृत्यु दर्ता प्रमाणपत्रलगायतका गलत कागजात बनाई सम्बन्धित हकवाला व्यक्ति नै फरक पारी जग्गा बिक्री गरिएको थियो ।
जग्गा दर्ता गर्नेहरुमा भूमिसुधार कार्यालय नवलपरासीका तत्कालीन अधिकारी ईश्वरप्रकाश कलवार,मालपोत कार्यालय नवलपरासीका तत्कालीन प्रमुख मालपोत अधिकृत टीकाराम ज्ञवाली, मालपोत अधिकृत मनोहरप्रसाद पन्थी, नासु बुद्धिसागर तिवारी, रमेशमान श्रेष्ठलगायतमाथि २०७७ असारमै विशेष अदालतमा मुद्दा दायर गरिएको थियो ।
तत्कालीन गाविससचिवत्रय नन्दलाल दास, बुद्धिसागर सुवेदी र नन्दलाल कुम्हाल कोहार, कम्प्युटर अपरेटर सुवास खड्का, खरिदारहरू नेत्रबहादुर चौधरी, अमृतकुमार काम्मु मगर र खगेन्द्र पराजुली तथा गैरमी गाउँपालिका वडा नम्बर ५ का रविकुमार खत्रीविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको थियो ।
काठमाडौं । सम्पत्ति शुद्धीकरणको कसूरमा थुनामा रहेका सुलभ अग्रवालसँग कारोबार देखिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)बिहीबार पक्राउ गरेकी मृदुला सरियालाई बिरामी नै नभए पनि...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले पछिल्लो समय उद्योगी–ब्यवसायीलाई छानीछानी भेटिरहेका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवविना...
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा निमित्तमाथि निमित्त तोकेको छ । अध्यादेशबाट पदाधिकारीबिहीन भएको काउन्सिलको अध्यक्षदेखि रजिष्टार नियुक्ति हुन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend