काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले गत असोज ९ र १० गते सञ्चालित कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा सार्वजनिक गरेको छ।
२०८० जेठमा सञ्चालित कक्षा १२ को वार्षिक परीक्षामा नियमित परीक्षार्थीको रूपमा सहभागी भएर सैद्धान्तिकतर्फ अन्य विषयमा न्यूनतम ‘डी’ वा सोभन्दा माथिल्लो ग्रेड प्राप्त गरेका, तर बाँकी दुई विषयमा एनजी (नट ग्रेडेड) प्राप्त गरेका विद्यार्थी पूरक परीक्षामा सहभागी भएका थिए।
यसपटक १ लाख १७ हजार ८८२ परीक्षार्थीले पूरक परीक्षा दिएका थिए। पूरक परीक्षा दिएकामध्ये ८८ हजार ९४७ अर्थात् ७५.४५ प्रतिशत परीक्षार्थीले ग्रेड प्राप्त गरेका छन्।
बोर्डले १५ जना परीक्षार्थीको भने परीक्षा रद्द गरिएको जनाएको छ। पूरक परीक्षाको नतिजा बोर्डको बेवसाइटका साथै एसएमएस र आभीआर सेवाबाट परीक्षाफलसम्बन्धी जानकारी प्राप्त गर्न सकिने बोर्डले जनाएको छ।
उक्त पूरक परीक्षाको नतिजमा चित्त नबुझेका परीक्षार्थीले १५ दिन (आगामी मंसिर ८ गते) भित्र सम्बन्धित कार्यालयमा आवेदन दिन सक्नेछन्।
ग्रेडवृद्धि परीक्षामा कम्तीमा ‘डी’ ग्रेड प्राप्त गरेका परीक्षार्थीहरुले आगामी मंसिर ७ गतेपछि ट्रान्सक्रिप्ट, माइग्रेसन, प्रोभिजनल र ग्रेडवृद्धि (टीएमपीजी) प्रमाणपत्रका लागि रसिद काट्न सक्ने बोर्डले जनाएको छ।
परीक्षार्थीले शैक्षिक प्रमाणपत्र प्राप्त गर्नका लागि कक्षा ११ र १२ मा तोकिएको न्यूनतम ग्रेड प्राप्त गरेको ग्रेडसिट तथा लेजरको प्रमाणित प्रति अनिवार्य रुपमा संलग्न गर्नुपर्ने बोर्डले बताएको छ।
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि स्वास्थ्य सेवा उपलब्ध गराउन संघ तथा प्रदेशका सबै अस्पताललाई आग्रह गरेको छ । उक्त मन्त्रालयले...
काठमाडौँ। आमा र नवजात शिशुको नैसर्गिक अधिकार सुनिश्चित गर्दै स्तनपानको संरक्षण, प्रवर्द्धन र सहयोग गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मातृशिशुमैत्री स्वास्थ्य संस्था कार्यक्रम...
काठमाडौँ। सरकारले सामुदायिक विद्यालयप्रति विद्यार्थी र अभिभावकको बढ्दो आकर्षणलाई थप मजबुत बनाउने उद्देश्यका साथ पूर्वाधार विकासको योजना अघि बढाएको छ। उत्कृष्ट नतिजा हासिल गर्दै आइका...
जनकपुर । आईसीयू अभाव हुँदा सर्पदंशका बिरामीको उपचारको क्रममा मृत्यु भएको घटनालाई लिएर प्रादेशिक अस्पताल जनकपुरका निर्देशक डा. जामुनप्रसाद सिंह मधेश प्रदेशअन्तर्गतको स्वास्थ्य तथा...
काठमाडौं । स्वास्थ्य सेवा बिभागको महानिर्देशकको दरबन्दी १२ औं तहको हो । तर स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ११ औं तहका बालरोग बिशेषज्ञ डा....
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend