Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • रेशम चौधरीविरुद्धको मुद्दाको सुनुवाइ स्थगित


    बिहिबार, कार्तिक २३ २०८०
    970
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारबाट आममाफी पाएका नागरिक उन्मुक्ति पार्टीका संस्थापक एवं पूर्वसांसद रेशम चौधरीविरुद्ध दायर भएको मुद्दाको सुनवाई स्थगित भएको छ।

    उनको कैद माफी मिनाहा गर्ने निर्णयविरुद्ध परेको रिटनिवेदनको सुनुवाइ स्थगित भएको स्रोतले बतायो।

    निवेदन सुनुवाइका लागि आज पालो तोकिएकोमा सर्वोच्च अदालत प्रशासनबाटै सुनुवाइ स्थगित भएको हो ।

    टीकापुर घटनामा दोषी ठहर भई जन्मकैदको सजाय पाएका चौधरीलाई राष्ट्रपतिले ३ जेठ, २०८० मा संविधान दिवसको अवसरमा माफी मिनाहा दिएका थिए ।

    त्यो निर्णयविरुद्ध शारदा कडायतले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेकी थिइन् । बिहीबारका लागि तोकिएको त्यही निवेदनको सुनुवाई स्थगित भएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार